मूर्ति आफैँ कहाँ बोल्छ ! पुजारीकै माग होला
बकुलाको भेषमा त्यहाँ, पक्कै पनि काग होला !
चामल भन्दै पिठो बेच्थ्यो, दुनियाँलाई थाहै छ नि
पिठो भन्दै बेच्छ अचेल, पक्कै त्यो खाक होला !
सम्पादक नै उसको साबुन, पत्रिकाले चोखो पार्छ
सबलाई थाहा छ कृतिम छबी, भित्र कति दाग होला !
कफी पिउने मान्छेका त, आँखा राता न-हुनुपर्ने
शंका लाग्छ कपभित्र, पक्कै पनि सराब होला !
मुसाको संख्या बढ्छ, बाख्राको चाहिं स्वात्तै घट्छ
नछाड्नुहोस् बिरालोलाई, पक्कै त्यो बाघ होला !
थांगपल्धाप-५, दीपेन्द्र भट्टराई, सिन्धुपाल्चोक नेपाल
