Skip to content

खुशी कै छ गीत गजल

खुशी कै छ गीत गजल, खुशी कै छ कथा पनि
मेरो जस्तै खबर होस् है, साथी तिम्रो त्यता पनि

हाँसेकै छु बाँचेकै छु, खुशीभरि नाचे कै छु
त्यै खुशीमा भुली दिएँ, पीर मर्का ब्यथा पनि
मेरो जस्तै खबर होस् है, साथी तिम्रो त्यता पनि

ताजा खबर भन्छु यहाँ’, काफल पाक्यो गाउघरमा’
मुग्लान चरी घर फर्के, हाम्रै दाजु जेठा पनि
मेरो जस्तै खबर होस् है, साथी तिम्रो त्यता पनि

कालो दिन भोगेका हौ, द्धन्द्व थियो हामी माझ
सद-भाव फर्क्यो आज, हिमाल तराइ जता पनि
मेरो जस्तै खबर होस् है, साथी तिम्रो त्यता पनि

पन्ना मुगा दौलत जोडी, सुख मिल्छ भनेँ तर,
खुशी रै छ ठूलो घर, आफ्नै भन्ने जेथा पनि
मेरो जस्तै खबर होस् है, साथी तिम्रो त्यता पनि

– बुद्धि मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *