Skip to content

मेलापात दाउरा घाँस


मेलापात दाउरा घाँस, गर्दै होलिन् आमा ।
ढिकी जाँतो गर्ने पिढीँ, सर्दै होलिन् आमा ।

बर्ष दिनका जोहो गर्न, गाऊँ फन्को मार्दै
दैलो दैलो चहारी माना, भर्दै होलिन् आमा ।

यौटा सानो झुप्रो थियो, दिनरात चुईने
बर्खे खोला खर लिन, तर्दै होलिन् आमा ।

उकाली र ओरालीमा, स्याँ–स्याँ गरी हिन्थिन्
कठै बरा बिचल्लीमा, पर्दै होलिन् आमा ।

छोरो आउने बाटो हेर्न, मनमा हर्ष बोकी
साँझ पख चौतारीमा, झर्दै होलिन् आमा । ……दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *