Skip to content

फुर्सद्नै रहेन अरु केही सोच्न (गीत)

ShantiRamDhakal-09


आँखाहरूमा तिमी छाई रह्यौ
=++++++++++++++++++++++++++==+++++++++++++++===++++++++++++++++++++++++++++++++++++
निद्राहरूमा तिमीनै तिमी थ्यौ
सपना देख्ने समय रहेन
फुर्सद्नै रहेन अरु केही सोच्न

तिर्खामा पानीले प्यासै मेटेन
भोकहरूमा कुनै गांसै छिरेन
बाटो त्यो मैले हिंड्नै सकीन
फुर्सद्नै रहेन अरु केही रोज्न

ती पाइलाहरूको कुनै गन्तव्य थिएन
एकोहोरो पागल सरी कराएँ
शितलताको छहारी त भेटे
तर त्यहा कुनै छायाँ थिएन

जति नाम तिम्रो मन भित्र आयो
त्यसैले तिर्खा अनि भोक मेंटे
त्यो तिम्रो नाममा के भेटें के भेटें
फुर्सद्नै रहेन अरु केही खोज्न

(अन्तरराष्ट्रिय(विश्व) कविता दिवस को अवसर मा
२०१३ मार्च )
आज विश्व कविता दिवसको उपलक्षमा सम्पूर्ण कविताका सर्जकहरुमा कविता वाचकहरुमा , कविता स्रोताहरुमा ,ति प्रत्येक मनहरुमा हार्दिक हार्दिक शुभकामना !!
२१ मार्च २०१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *