Skip to content

चिरेर हेर यो छाती


चिरेर हेर यो छाती हिमाल देख्छौ
लेखिएको यो मुटुमा नेपाल देख्छौ

जब माग्छ देशले मसँग रगत
तब मैले बगाएको फेवाताल देख्छौ

अत्याचारले पनि सीमा नाघी सक्यो
अब क्रान्तिको राको र मसाल देख्छौ

ए कति सार्छौ अँझै सीमाको किलाहरू ?
अब हेर त्यहा फलामको पर्खाल देख्छौ

पराइ भयौ तिमी, के थाहा र मेरो बारेमा
आएर हेर जिन्दगी यो बेहाल देख्छौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *