यहाँ भन्ने छैन आँखा सधैँ, आँशुले नै सजाउनु पर्छ
दुई–चार थोपा साँच आँशु, म मरेँ भने बगाउनु पर्छ ।।
एक अर्काको सुख–दुःख बाँड्ने, हामी बिचमा त्यस्तो सर्त छैन
नाम मात्रको साथी म तिम्रो, हुनु–नहुनुको अर्थ छैन ।।
यो पनि हैन मेरो मतलव, मनमा तार–बार लगाउनु पर्छ
दुई–चार थोपा साँच आँशु, म मरेँ भने बगाउनु पर्छ ।।
आखिर मान्छेको जीवन न हो, सधैँ भरी एकैनास हुँदैन
ऋतु फर्की आउँछ जसरी, समय कहिल्यै फर्की आउँदैन ।।
त्यस्तो अवस्था आउन सक्छ, भोकमा आँशुले अघाउनु पर्छ
दुई–चार थोपा साँच आँशु, म मरेँ भने बगाउनु पर्छ ।।
यहाँ भन्ने छैन आँखा सधैँ, आँशुले नै सजाउनु पर्छ
दुई–चार थोपा साँच आँशु, म मरेँ भने बगाउनु पर्छ ।।
पुस्कल पौडेल (–––प्रतिक)