Skip to content

बैरी नजर लाउने बेला


आँधी हुरी साउने बेला
बादल रुठी आउने बेला

खाडी ठाउमा निधन मेरो
भाको खबर पाउने बेला

डाँको छोडी नरोऊ सानु
लास मेरो ल्याउने बेला

खानु हुन्न हरेश तिम्ले
बैरी नजर लाउने बेला

मलाई सम्झी नरुनु है
गाउ बेसी धाउने बेला

बिराही लामा
लम्जुङ्ग सिम्पानी -९
बगैचा
हाल-साउदी हाईल

2 thoughts on “बैरी नजर लाउने बेला”

  1. Mitho ser ati man 6oyo

    Mitho ser ati man 6oyo hau.
    pragatiko suv kamana.
    खानु हुन्न हरेश तिम्ले
    बैरी नजर लाउने बेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *