Skip to content

गल्लीका ती कुकुर जब


गल्लीका ती कुकुर जब, भुक्न थालेछन ।
मै हुँ भन्ने सुरमा पनि, झुक्न थालेछन ।

अस्तिसम्म हिँड्थे राति, छाती फुलाएर
सत्ता छोड्दा पीरले ती, सुक्न थालेछन ।

फुर्ती लाउँथे ठुलै बनी, टाउको उठाएर
बात बातमा आज तिनै, चुक्न थालेछन ।

शहर छिरी लाउके हुदाँ, मोटाएका थिए
कठै बरा गाउँतिर, लुक्न थालेछन ।

ताक पर्दा तिवारी थे,अहिले गोतामे भै
लत्याएको दैलो फेरि, ढुक्न थालेछन ।
…….दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *