सबै ग्रन्थको सार वेद हो
वेदको सार उपनिषद हो
उपनिषदको सार गीता हो
गीताको सार भगवान शरणागत हो
संसारको मूल आधार परमात्मा हो
अत्यन्त श्रेष्ठ पनि परमात्मा हो
अमरता तत्व पनि परमात्मा हो
परमात्मा प्राप्ति नै भगवत प्राप्ति हो
त्यसैले कर्तव्य नै भगवान शरण हो
सबै नै भगवान हो
भगवान स्मरण सर्वश्रेष्ठ साधन हो
शरीर नासवान छ
यसलाई जात्रे तत्व अविनासी छ
त्यसैले विवेकलाई महत्व दिनुपर्छ
निस्वार्थ भावले कर्म गर्नुपर्छ
सांसारिक मोहमा अल्मिलिनु हुँदैन
के गर्ने के नगर्ने यसमा फस्नु हुँदैन
यस्तो दुविधाले कर्तव्यच्युत हुन्छ
त्यसैले सबै भगवानको देन हो
यो विवेक हुनु जरुरी छ
चाहे त्यो जो कोही होस्
भगवत प्राप्तिको अधिकारी हुन्छ
भगवानको सृष्टिमा कसैलाई भेदभाव हुँदैन
जीवनको अन्त्यावस्थामा जुन स्मरण गर्ने हो
त्यो अन्तस्करणबाट अहिल्यै गरौं
असल कर्म गरौं, विवेकी बनौं
कुनै कुराको घमण्ड नगरौं
लिएर आएको पनि केही छैन
लिएर जाने पनि केही छैन
सबै यहीँ उपभोग गर्ने हो
सबै यहीँकालाई छोडेर जाने हो
बेलैमा मनन गरौं
वेलैमा चिनौं आपूmलाई
आफू को हो चिनौं
आफू शरीर होइन
शरीर त लुगा हो
तर अविनासी तत्व आत्मा हो
आत्मालाई शुद्ध कसरी गर्ने
त्यसलाई मनन गरौं
विवेकशील बनौं
सबैलाई भगवानको देन मानौं
सबैलाई आफूलाई जस्तै सम्मान गर्रौं
आफू र अरुमा केही फरक छैन
सबैमा आत्मा छ
त्यो आत्मा शुद्धिको बाटो रोजौं
शरीर शुद्धिको बाटोले शरीर मात्रै शुद्ध हुन्छ
आत्मा शुद्धिको बाटोले सबै शुद्धि हुन्छ
हामी कसका सन्तान हौं
त्यो महसूस गरौंै, त्यो मनन गरौं
आदि अनन्तबाट नै हामी जोडिएर आएका हौं
हामीले त्यो भुलि सक्यौं
विवेकबाट त्यो महसूस गरौं
हाम्रा परमपितालाई स्मरण गरौं
त्यहीसँग हाम्रो तार जोडिएको छ
विलक्षणता, विशेषता
सुन्दरता, महत्ता, विद्वता
यी सबै भगवान कै हुन्
यही चिन्तन गर्नु आवश्यक छ
घृणा तथा घमण्डले चौरासीमा भट्किन्छ
बन्धनबाट छुट्नको लागि
सत्व–रज–तमो तीनबाट पारि जाऊँ
यसबाट अतित हुनु जरुरी छ
अनन्य भक्ति गरौं आदि परमात्माको
तीनै गुणबाट अतित बनौं
सांसारिक बन्धनबाट पारि पुगौं
अमृतभन्दा उत्तम ज्ञान हो
ज्ञानभन्दा उत्तम, व्यवहारमा उतार्नु हो
ज्ञानको ज्योति बालौं
अन्धकार सबै हटाऔं
परमात्मामा लीन बनौं
परमात्मामा लीन बनौं
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com
www.bijusubedibijay.blogspot.com
