Skip to content

तीन मुक्तक (धीर छैन, शुभकामना थियो, जीवन भो)


(१)
एकैछिन तिमी विना रहुँला ममा धीर छैन
तिमी नै छौ सम्झनामा अरु केही पीर छैन
हावासँग पनि इर्ष्या लाग्छ तिमीलाई स्पर्श गर्ने
तिमी नजर परेदेखि तनमन केही थिर छैन ॥

(२)
आफ्नो यात्रा, आफ्नै शुभकामना थियो
रोजेको बाटो आफ्नै प्रीय सिर्जना थियो
कहाँबाट कालो बादल आयो आँखा छोप्न
जून छोइ जून हुने प्रवल चाहना थियो !

(३)
जेनतेन गुज्रिएको जर्जर जीवन भो
पानी छैन तिर्खाउँदा, हर्हर जीवन भो
कसैसँग कुनै गुनासो छैन आज पनि
आफैसँग झर्को लाग्ने कर्कर जीवन भो !

http://biralakoti.blogspot.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *