तिमी जस्ती दिलकी रानी,पाको छैन सानु ।
कुमारै छु कतै माया, लाको छैन सानु ।
तन मन मेरो जीवन् ,तिम्लाई दिए पछि
वाचा कसम् कसै संग, खाको छैन सानु ।
तिमी मेरो दुनियाँ हौ,तिमी नै हौ संसार
तिम्लाई छोडी अन्त कतै,धाको छैन सानु ।
अजम्बरी प्रित गाँस्न,खोल्देउ मनको ढोका
बाहिरै छु मनमा राज,भाको छैन सानु ।।…….दर्पण
