Skip to content

होली आऊ अब राधीका बाहुपास थापें है


आयो फागुन होली खेल्ने जाग्यो मनमा रहर
सुनको सुगन्धमा यो मायाको सहर

मखमली रंग त्यो रुप सुन्दर कुँदेको
रातो रंग छिर्के मिर्के गुलावी त्यो रोगन
नयन ती मृगका मादकताको दोभान
त्यो हाँसोमा देखिएका मोती दन्त ती दाना

नाच तिम्रो होली रंग लचकता त्यो तनको
होली स्वर होली रंग सुरिलो त्यो भाकाको

आऊ अब राधीका बाहुपास थापें है
जीवनको धर्म रेखा अब मैले साटें है
विश्वासका पानाहरू सबै पढिसकें है
साँझ अब पार्नु हुन्न देवी देउता भाकें है

रंग खेल्ने निहुँमा सिन्दूर बोकी आएको छु
अब म पर्खन्न है घर सल्लाहा गरेकै छु !

होली २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *