
कोही पद कहीं खानाका लागि सडकमा आए
दिन होस् या रात सडकभरि नारा जुलुस लाए
विश्वमा अचम्मको देश बन्यो हाम्रो नेपाल पनि
नेताको के कुरा सरकार नै उत्तरदायित्व गुमाए
बोले टोक्ने जहानियाँ शासन जनतामा लाद्ने
कस्तो सरकारमा आयो जनता जुधाई भाड्ने
न लाज सरम छ न निष्पक्ष ढङ्गको न्याय नीति
जनतालाई मानसिक दु:ख दिएर दिमाग चाट्ने
मुखमा चै विकासको म्याप छ काम्मा छ जिरो
नेतृत्वको बोली सुन्यो ऊ नै वास्तविकता हिरो
भुराभुरी बरु सत्य बोल्छ तर बोलेनन् नेताहरू
गर्ला कि भनो उखान तुक्काको मात्र छ किरो
सँगै हिड्ने यात्रीसङ्गीलाई वाक्क दिक्क लाछ
जुन काम गर्नु हुदैन भन्यो झन् त्यै काम गर्याछ
चेतना भई विवेक गुमाए छन् ती महाराजज्यू
खाइरहेको गाँस पनि निलौ कि ओकल्नु भाछ ।
✍️डम्बर धिमाल राजदोङ्ग्ये
मोरङ
२०७७ माघ १४ बुधबार
