लेख्छौ कतै ईतिहास
भोगन जिन्दगी हिड्छौ
दुर देश !
उमङ्गमा योवनाहरू
रातोदिन देखेर तिम्रा, सपना
गुजार्छन, अनन्त कामनाहरू
बासनाहरू
चाहनाहरू !
दुर देशको प्रदेसी
ढल्छ सुस्केरा बोकेर रातमा
यकान्तमा
पौडेर कल्पनामा !
तैरिन्छ निदमा
सपनीमा
फुलाउछ आशाका गुरास हरू
बिछ्याउना मा,
लिन्छ सुस्केरा
दिन्छ सुस्केरा
अौने दसैमा !
जान्छु घर
भेटछु मायालु
सम्झनै सम्झनामा
थाह हुन्न कहिले निदाइसकेको हुन्छ !
उठदा काम्को बिगुल् बज्छ
काम्मा ब्यस्त फेरि उही रात, कोसिरहेछ
उही रात दोषिरहेछ्
बिछोड अनि पीडा
मनभरि बोकेर
उ बोकिरहेछ बिदेश्को भारी
र खोजिरहेछ उम्कने बाटोहरू !
