हाम्रो देशको नयाँ खाका कस्तो होला
त्यसपछि बन्ने इलाका कस्तो होला
पुरानो भत्काई नयाँ संरचनाको कुरा
यहाँको डाँडा वन पाखा कस्तो होला
आन्दोलन पछि चुनाव भयो फेरि हुने रे
अब पुन राख्ने सार्ने भाका कस्तो होला
आम जनताहरूको जिज्ञासाको विषय
नयाँ संविधानको आँखा कस्तो होला
आयो नयाँ पुरानो सब छाड्ने भन्छ
अब जन्मने नयाँ डाका कस्तो होला
खाका इलाका पाखा, भाका आँखा डाँका
सल्यक्रियामा लगाइने टाँका कस्तो होला ।
२०६९।१२।२१ गते ।
First published : 2013-04-03 23:39:32 +0900
