जुन जोगी आए नि नारा उस्तै उस्तै
नकदले, चुट्के, पारा उस्तै उस्तै
भालुलाई पुराण सुनाउनु को के अर्थ
पछाडि फर्केर हेर्दा दारा उस्तै उस्तै
देश टुक्र्याउन लागेका छन प्रतिगामी हरू
जति खोके नि अन्त्यमा सारा उस्तै उस्तै
कुर्सी नपाउन्जेल खोक्छन नेता गण
सत्तामा पुगेपछि हुतिहारा उस्तै उस्तै
समय फेरियो भन्छ्न, फेरिएको चैं के हो ?
उस्तै देख्छु फेवा रारा उस्तै उस्तै
तोया नाथ पौडेल
शँखुवा सभा तमाफोक – ८
हाल मरुभूमि को छातीबाट
