Skip to content

मायाको कसिलो गाठोले

  • by


मायाको कसिलो गाठोले, किन बेरेको खै
बुझाउदिनन् बुझ्दिन पत्र, किन केरेको खै

यादमा झुमी न्रिदोष, नसालु मृगनयन
अस्पष्ट आक्रमक रुपमा, किन हेरेको खै

आगन्तुक झै रोमाञ्चक, कर्तव्यपथमा
जिउने बहाना ठान्दै, किन फेरेको खै

परिस्थितिले झेलेको, अजम्बरी नाता
प्रष्ट्याउने कसले अब, किन घेरेको खै

जिन्दगीमा लालचदेखि, नफस है भन्दै
बाध्यता र विवशताले, किन सेरेको खै

दिवाकर भट्टराई
दमौली, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *