म आउने छु
हो म आउने छु
अहिले म वर्तमान स्थितिबाट
धकेलिएता पनि
म भोलि आउने छु
म पर्सी आउने छु हो म भवीष्यको कुनै दिनमा अवश्य आउने छु
जतिखेर संसारले
मानेको भौतिकशास्त्रले समेत छुट्याउन
सक्नेछैन कि त्यो कस्तो दिन हो भनेर?
जुन दिन हो जुन दिन भौतिकशास्त्रले मानेका देवताहरू आइन्सटाइन न्युटन
क्याभिन्डस र कुनै झुसे
दाह्रीजुगाँ पालेका फाराडे नै किन नहुन
तीनीहरू झुक्नेछन्
हो तिनीहरू मेरा अगाडि अवश्य
झुक्नेछन् विश्वमै विद्वान कहलिएका मुर्ख
देवताहरू अवश्य झुक्नेछन म मरे?
अहँ म मरेको छुइन
हो म अँझै मरिसकेको छुइन
तर प्याकप्याक गर्दै
छट्पटाइरहेछु ए…ऽऽऽ भौतिकशास्त्रका देवताहरू कान खुलाएर
सुन तिमेरु
तिमेरुले मलाई क्वान्टम
थेउरीको वाईह्यत
सिद्धान्तद्वारा बिहोस
बनाएका छौ होला तर यो नसम्झ एँ…ऽ ऽ भौतिकशास्त्रका देवताहरू कि म
तिमेरुले बनाउन नसकेको
क्यारनट्स इन्जिन हुँ जुन
तिमेरुको बकम्फुसे
सिद्धान्तमा आधारित छ ए मुर्ख
आइन्सटाइन भौतिकशास्त्रका सिद्धान्तहरू
पत्ता लगाउदैमा तिमी एक महान्
वैग्यानिक
बाहा आइन्सटाइन बाहा
केका सिद्धान्तहरू दियौ तिमीले संसार
जगतलाई ध्वस्त पार्ने के एटम बम कि मलाई निस्कृय बनाउने
कार्बनमनोअक्साईड जुन डिजल इन्जीन्
बाट ह्वात्ह्वाती निस्किरहेछ कि
मलाई प्याकप्याकति बनाउने एमोनीयम
साइनाईड? मेरो रुप बिगार्ने प्लास्टिक
कि पोलेथीन कि मलाई छिया छिया बनाएर टुक्र्याउने
थर्मोन्युक्लियर फिसन कि फ्युजन?
हँ आइन्सटाइन के दियौ तिमीले?
के दियौ? खै आइन्सटाइन खै?
खै मेरो जवाफ?
आज म जलिरहेछु आइन्सटाइन तिमी हेरिरहेछौ?
आज म रोइरहेछु आइन्सटाइन
तिमी हाँसिरहेछौ? आज म छटपटाइरहेछु
आइन्सटाइन
तिमी शिथील छौ?
खै आइन्सटाइन खै म के गरु तर हेर्दै जाऊ ए आइन्सटाइन म चुप लागेर बस्नेछैन
म जलिरहेछु र जलिरहनेछु
ध्वस्त हुदैछु र भैरहनेछु तर याद राख ए
वर्तमान
भौतिकशास्त्रका देवताका पुजारीहरू म
संगसँगै तिमेरु पनि ध्वस्त हुनेछौ हो अवश्य ध्वस्त हुनेछौ र त्यतिखेर
बुझ्नेछ भौतिकशास्त्रले मेरो क्वान्टम
थेउरी र तिमेरुका नायाँ न्युटनले
तिमेरुलाई एटमिक गनले
तिमेरुको मस्तिस्कमा बज्र्याउनेछन्
ड्याम ड्याम ड्याम ड्याम गर्द
बिक्रमादित्य
