Skip to content


उकाली ओराली गर्दै आँखाभरि रहर भर्दै
आँधीबेहरीसँग लड्दै खोलानदी सागर तर्दै
दुख पिडा बिर्संदै म आएँ परदेशबाट फर्की आएँ
आफ्नै गाउँ फर्की आएँ नयाँ नयाँ सपना ल्याएँ

सयपत्री सुनाखरी लालुपाते जाही जुही
फुलेका आँखाभरि छर्दै वरिपरि खुसी
फेरि यो मन बहलाउन हृदय खोली गाउन
आफ्नै गाउँ फर्की आएँ नयाँ नयाँ सपना ल्याएँ

सम्झेर आएको छु रमाइलो देउराली त्यो
बोकेर ल्याएको छु अमूल्य चिनो सम्हाली यो
साथीसंगी सारा भेट्न मनभरिका तिर्खा मेट्न
आफ्नै गाउँ फर्की आएँ नयाँ नयाँ सपना ल्याएँ

शब्द – रत्न शमशेर थापा
स्वर – सोनु निगम
संगीत – शक्ति बल्लभ
चलचित्र – सिमाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *