नहोस् है युद्ध कामना गर्छु ।
भैहाले फेरि सामना गर्छु ।
द्वन्द्धमा हुर्के डराउँ किन ?
यद्यपि शान्ति चाहना गर्छु ।
मान्छे हुँ गल्ती त्यो हुन सक्छ
भैहाले क्षमा याचना गर्छु ।
त्यो दिलमा राज म गर्न सकुँ
दुबै हात जोडी प्रार्थना गर्छु ।
कर्मको फल टिप्नु छ मैले
लगाई ‘बुद्धि’ साधना गर्छु
बुद्धि मोक्तान
