Skip to content

नेपाल सरकार र यमदूत

DeepRajSharma


१.
नेपाल सरकारको अवसान भएको छ, आज । यमदूतले गुहारे… । नेपाल सरकारले बिलौना गर्न थाले- “के भूल भयो प्रिय ? मसँग झर्केको ?”
यमदुतले क्रुर दृष्टिपात गर्दै भन्नुभयो- “यौटा भूल भाको भए त भन्न हुन्थ्यो…. तिमी ता भूलनै भूलबाट निर्मित भएका हौ! ”
“त्यसो न भनी बक्सियोस प्यारा”, नेपाल सरकारको आग्रह- “मैले त देश र जनताका लागी मरिमेटेर लागेको छु….”
यमदूतले बीचमैं रोकेर भन्नुभयो- “सट अप! यू कन्निङ्ग फेलो । आइ अ्म नट योउर फूलिश पब्लिक । नर्कका लागी तयार भएर बस ।”
“यमदूत प्यारा!”, नेपाल सरकारले भन्नुभयो,”हजार पाप मबाट भए होलान तर यौटा महान पूण्य त मैंले नि गरेको छु । तेसको मुल्याङ्कन हजुरले गर्नु पर्दछ ।”

“के हो त्यो पुण्य ?”

“सरकार भएर Light of of Asia त दिन सकिएन तर Light of Nepal – कुलमान घिसिङ्ग दिएको छु!”
“को कुलमान ?”- यमदुत कडकिए ।
नेपाल सरकारले हाँस्दै भन्नुभयो- “कुलमान चिनिबक्सन्न प्याराले! तँपाई outdated हुनु भएछ ।”
यमदुतलाई आँफू outdated भएको कुरा सुन्दा कता-कता खल्लो लाग्यो, साथै अलिकति लज्जाबोध पनि भयो ।
उनले भनें- “ठीक छ । म कुलमानबारे अध्ययन गरेर आँउछु । तेतिन्जेल सरकार चलिराखोस ।”

“हस प्यारा ।”
यता, सरकार यथावत रहने भयो भन्ने खुशीयालीमा सरकारी नुमाइन्दाहरु ५ तारे होटेलमा व्हिस्की पिईरहेछन – सोडा हालेर ….. ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *