कुर्दैछौ रे मेरो बाटो सुन्दैछु अचेल
दुनियासामु किन लाटो गुन्दैछु अचेल
खटनमा गर्दै थिए आजसम्म काम
आफ्नै खुशीले के गर्ने चुन्दैछु अचेल
गुम्साएर राख्न बाध्यता भयो भावना
उनमुक्त भै शब्द शब्द उन्दैछु अचेल
चुहावटको केन्द्र बिन्दु पत्ता लागेको छ
पुन नचुहिने गरी प्वाल थुन्दैछु अचेल
छरपष्ट भएका छन् उमंगका माला
एक एक दाना बटुलेर बुन्दैछु अचेल
गन्तव्य पुग्नु छ, पाइला चालिसके
टेकाउन नयाँ बाटो खुन्दैछु अचेल
२०६९-१२-२५
