खाँचो टरिसकेपछि आयौ
बसाई सरिसकेपछि आयौ
विटुलो परिस्थितिसँग जुध्दै
जंघार तरिसकेपछि आयौ
अन्यायले राज गर्यो अनि
दागा धरिसकेपछि आयौ
लगनपछिको पोते के काम
जीउदै मरिसकेपछि आयौ
सघंर्ष गर्नु छ, बाँच्नका लागि
मरुभूमि हरिसकेपछि आयौ
रावण प्रवृति हावी हुन थाल्यो
सामना गरिसकेपछि आयौ
एक्लोथे आक्रमण गर्दा शिकारीले
जालमा परिसकेपछि आयौ
आधी हुरीले विक्षिप्त पारी
यत्रतत्र छरिसकेपछि आयौ ।
कुरी बसे तिम्रो बाटो आशाको
फूल झरिसकेपछि आयौ
निल्नु कि ओकल्नु तिमी भन
घाँउ भरिसकेपछि आयौ
२०६९-१२-२१
First published : 2013-04-16 19:20:24 +0900
