रक्सीले सत्कार हुन्छ हाम्रो शहरमा
देहको ब्यापार हुन्छ हाम्रो शहरमा ।।१।।
कोभन्दा को कम कमाउने होडबाजीले
कमाउनै हतार हुन्छ हाम्रो शहरमा ।।२।।
त्यो तिम्रो गाउँमा झुप्रा झुप्री मात्र होलान्
जोगी कै दरबार हुन्छ हाम्रो शहरमा ।।३।।
ठगेर ढाँटेर जसरी हुन्छ कमाउने
जीव्रो नै औजार हुन्छ हाम्रो शहरमा।।४।।
इमानिरहेछौ ए ‘गाउँले’ फर्क गाउँ
सोझो त चौकिंदार हुन्छ हाम्रो शहरमा।।५।।
जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
