
यो जिन्दगी मैले तिम्रो लागि साच्न पाएँ
तिम्रो लागि बाँच्न अनि तिम्रै निम्ति मर्न पाएँ
तिमी थियौ अन्यौलमा सम्बन्धको खोजी गर्दै
मेरो जिन्दगी तिमी भित्रै रमलिएको पाएँ
मनमा साचेको कुराहरू मुखले भन्न सकिन
तिमी समिप आयौ माया मेरो छर्न पाएँ
अनेक सोच थिएँ जीवन यात्रा अवरुद्ध
सारथी तिमी भेटेपछि जिन्दगी नै फेर्न पाएँ
सारा खुसी तिमीसँगै साटने मेरो इच्छा
जिन्दगीमा सुख दुख तिम्रोसामु पोख्न पाएँ
गोविन्द ओझा
दीपायल-सिलगढी नगरपालिका वडा नं.२, दीपायल डोटी
