Skip to content

सपना छ र पो जिन्दगीको यति धेरै महत्त्व छ


सपना छ र पो जिन्दगीको यति धेरै महत्त्व छ
सपना बिनाको जिन्दगी आँसुभन्दा सस्तो छ

दु:खको अग्निपरिक्षामा आफूलाई डडाउनुपर्छ
आजको मेहनतले भोलिको भविष्य ठडाउनुपर्छ

आँखाभरि सपना सप्तरङगी इन्द्रेणी जस्तो छ
सपना बिनाको जिन्दगी आँसुभन्दा सस्तो छ

सब दूर भए पनि सपना आफ्नो साथमा हुन्छ
जूनको चहक उजेलीमा हैन अँधेरी रातमा हुन्छ

हावा झैं उड्ने मनको सपना कस्तो कस्तो छ
सपना बिनाको जिन्दगी आँसुभन्दा सस्तो छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *