Skip to content

हरेक रात नग्याउने बेईमान हातहरू


जब दिन ढल्दै जान्छ अनि मेरो बिहानीको सुरुवात हुन्छ
मेरो प्रतिक्षा काठमाडौको चहलपहल शहरको विचमा हुन्छु
रतनपार्कको छेउछाउमा प्रतिक्षामा रहिरहेको हुन्छु
आफनै शरीरलाई निहारी आफैलाई हेरिरहन्छु
मनमनै आज कुन बेईमान हातहरूले मलाई
नग्नता बनाउने छन
मलाई मेरो शरीरलाई चिथोरेर
आनन्द मनाउछ होला
यही पर्खाईमा मेरो ढक्मक साझहरू वित्दै जान्छ

हो म हरेक रात नागनी बाध्यता बनिसकेको छ
मलाई बाध्याताको अगाडि हरेक रात वेचनु पर्ने भएको छ
कसले त्यो कुरा बुझन प्रयास गर्छ र ?
कोही २ सयमा किन्न चाहन्छ त ?
कोही १ हजारसम्म दिन चाहन्छ
विडमबना म त्यो अतितलाई सम्हालन नसक्दा
हरेक साझ रत्नपार्कको एक कुनामा बसिरहनछु
कुनै बेईमानको हातहरू मलाई लिन आउछ
म फेरि एक रातलाई वेचेर
मानवीय आवश्यकता पुरा गर्छु
धन्य छ रतन पार्क मलाई मेरो शरीर वेच्नमा सहयोग गर्छ
अनि मलाई नग्याउनका लागि कहिले
महल पठाउछौ, कहिले होटलको सुन्दर वेडमा
त कहिले खोलाको बगर, त कहिले गाडी भित्रको सिटलाई वेड बनाउछ
हो म जाहा लगिएपनि नग्याउन नै लग्छ
मेरो शरीरलाई नग्याएर आन्नद लिनलाई लान्छ
विवश मन कठै मेरो त्यो रातहरू उनको दासीमा वितछ
बेईमानीहातहरूको शरीर सुमसुमाउदै वित्दछ

कोही मेरो छातीलाई अंगालो हाल्ने सिरानी सम्झन छ
कोही मेरो छातीलाई खेलौन सम्झछन
कोही मेरो छातीलाई मोज मस्तिको आधार सम्झनछ
कठै मेरो मन वेचिएको हुन्छ मैले उनको
हरेको चाहानालाई जित्न पर्ने बाध्यता हुन्छ
मेरो शरीरलाई पैसामा किन्नेहरूको त्यो रात
मलाई नग्याउन आगह गर्छ
आफनो गोपनियाताका हरेक रंगहरूमा खेल्न लगाउछ
ऊ एक अपरिचत नजिक सहज रुपमा नागिन चाहन्छ
उनलाई यसमा आफनो पुरुस्वार्थ पाउदछ
उनको पैसाले आफैलाई नग्याएको नदेखदो रहेछ
कठै मलाई नगाउने ती बेईमानी हातहरू आफै नागिरहेका हुन्छ

मैले कतिलाई नागिन पारे त्यो मलाई पनि स्मरण छैन
तर कोही कौशल कुमार आए, नागनिे अनुभव लिन
कोही वृद्ध आए आफनो स्तिथिरतालाई नागिएर सम्हालन
कोही श्रीमतीका श्रीमान आए आफू सन्तुष्टि पाउ भनी नागिन
नागिनेहरूको पनि सैयो कथा वनेको छ मेरो स्मरणमा
तर के भन्नौ दोष जति केवल स्त्रीलाई हो
जो पैसा तिरेर नागिने तयार हुन्छ त्यो दोसी मान्दैन
जो दजर्नौं स्त्रीको अगाडि पैसाको वलमा नागिन चाहन्छ त्यो गलत होइन
तर बाध्यताले नग्याईको मेरा शरिरहरूलाई
केवल दोशीको पात्र ठान्न छ

मेरो शरीर सदैव अरुको वेडलाई ततउने साधन बनाउन चाहदिन
म तन हरेक रात वैमानहरूको हात चिथोरिएर खाने
मासु चिथरा बनाउन चाहदिन
म थकित भइसकेको छु
यस शहरमा तर के गर्नु
कसले बुझन मेरा भावनालाई
कोही पनि मेरा भावना र शरीरको विचमा रहेर खेल्न आउदैन
कोही पनि मेरो आत्म र शरीरको विचमा खेल्ने प्राकृतक खेल खेल्न आउदैन
पैसाले उत्माद र शरीर हैरान गरिएर विश्राम लिन आउछ
म अब वेचन चाहदिन यो तनलाई
म अन्न विना पनि मर्न चाहनछु
हो अब म बेईमान हातहरूको अगाडि नागिन चाहदिन
आमा वन्ने सक्ने मेरा अवस्थालाई सदैव वेचन सक्दिन
मेरा स्तनालाई केवल जनावर झै खेलौना बनाएर सम्हालन सकिनद
कोही सुन्ने छ मेरा भावनालाई
कसले बुझने छ मेरो अन्तरवेदनालाई ?

मिलन एस.डी.

Leave a Reply

Your email address will not be published. Required fields are marked *