मबाट पानी छोइन्छ अरे
कसले भन्ने अधिकार दियो ?
म शुद्र अछुत हु भन्ने कुरा
कसले पो सावित गरिदियो ?
कुन विज्ञानको आधारमा मलाई
अछुत ठहरयाउन खोज्छौ ?
कसको मनगरनथ्ये कुरामा लागेर
मलाई किन अछुतको टिको लाउन खोज्छौ ?
सक्छौ खोज माहाकविका बाणिभित्र
खोज एसियाका तारा गौतम वुद्धभित्र
भनेर गए जसले कोही हुन्न ठुला जातले
ठुला हुन्छ मान्छे कर्म र विचारले
तर रुढिवादी ढोंग रचेर फेरि किन ?
आफू शासन जमाउन खोजिरहेका छौ ?
हामीलाई किन अछुत र शुद्रको खोल ओढाइरहेका छौ ?
मबाट पानी छोइन्छ रे भन्ने तिम्रो स्वर्थ त्याग गरिदेऊ
विज्ञान युग आइसके अब जीवनलाई फेरि देऊ
कोही हुन जातबाट सानो र ठुलो अब त वुझिदेऊ
मानवबाट मानव छोइन्छ भन्ने रीतलाई त्यागि देऊ
हो थिए कुनै वेलf हाम्रा पुर्खाको चेतनामा कमि
जस्ले गरे केही निहित स्वर्थका निम्ति गरे केही वेईमानी
तर अब निहित स्वर्थभन्दा पनि मानवता वुझ्नुछ
जीवनको सार्थक ढोका खोलेर अगाडि बढनु छ
यदि अँझ पनि तिमी भित्र छोइन्छ भन्ने लाग्छ भने
तिमी माहाकविलाई प्रतिउतर दिन तयार होऊ
उनको विज्ञान रुपी भनाई सच्याउन तयार होऊ
होइन भन्ने मावनको जात मानव नै हुन भन्ने स्वीकार गर
समान्तामय जीवन जीउनका लागि एउटा वनाऊ आधार
जहा फुलोस नेपालको नया पहिचान,
सबैको बढोस सबैको सान
हाँसिरहोस सदैव तराई पहाड हिमाल
विस्वमा चिनिरहोस भनी सुन्दर शान्त नेपाल
