Skip to content

गजल (आँखा ओभाएन)


अँध्यारो यो जिन्दगीमा जून उदाएन
अँश्रुधारा बगिरहे आँखा ओभाएन

यो आँशुले लपक्कै भो आज लज्जावती
मिर्मिरेले शीत पोख्यो रोयो लजाएन

खबर त पठाए थ्यौ सन्चो बिसन्चोको
बतासलाई सोधे मैले किन बताएन

तिम्रो बाटो हेर्दै आँखा थाके दोबाटोमा
लोलाए थें आयो याद किन उठाएन

सुसाउदै आयो कोशी हाल बुझ्न मेरो
बह मैले पोखे जब उनी सुसाएन

जीतु खड्का गाउँले
मोरङ उर्लाबारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *