Skip to content

यौटै हो


तिमीले र मैले, ओढेको जगत, छानो त यौटै हो
उही छानो भित्र, पाकेको फगत, मानो त यौटै हो

मिठो हो कि पिठो, जे पाक्ला घरमा, खर्चेर पसिना
धनी र गरिब, जे सुकै होलान, आनो त यौटै हो

हजार पात र, सेलुका होलान, पिंडालु गाभाको
ठुलो होकी सानो, पात भए पनि, गानो त यौटै हो

नौलाख ताराझैं, झिलमिल बनी, ईश छ सगरमा
मनुको जगत, संसारको सारा, रानो त यौटै हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *