व्यर्थै तिमीसँग माया लाए
व्यर्थै मैले ती कसम खाए
व्यर्थै भए ती गीतहरू
व्यर्थै गए मेरा प्रीतहरू
हराउन्थ्ये तिम्रै संसारमा
हराउँथे मिठा मिठा विचारमा
व्यर्थै गए ती साथहरू
व्यर्थै गए मेरा रातहरू
मिठो थियो बिहानी, मिठो थियो सपना
मिठो तिम्रै बोली, अनि मिठो थियो कल्पना
ब्यर्थै गए मेरा दिनहरू
व्यर्थै रंगीन ती छिन छिनहरू
व्यर्थै गए ती यादहरू
व्यर्थै गए हाम्रा बातहरू
व्यर्थै तिम्रो हात समाए
व्यर्थै तिमीसँग माया लाए
