Skip to content

बिदेशमा हराएकी आमा

  • by


ऊ आफ्ना लाला बालालाई छोडेर हिडेको पनि ५ बर्ष पुगेछ । लोग्नेसँग राम्रो सम्बन्ध नभएपछि, कानूनी रुपमै छोड पत्र भएको थियो आफ्नो जायजेथा लिएर तीन सन्तानकी आमा कृष्णमाया एक बर्षसम्म आफ्नो गाउँघरमै बसेपछि एक दिन एक जना दिदीको सम्पर्कमा पुगेपछि आफ्नो संचित पैसा र आफ्नी बहिनी दिदीको सहयोग लिएर विदेश जाने बिचार आउछ । रातभरि निद्रा लाग्दैन । लोग्नेका आगनमा अहिले सुनसान छ । सासूआमाले छोरा नभएको बेला भेटेकी हुन्छिन । नाति नातिनाको सामु रुदै आफ्नो छोरालाई सराप्छिन, हुने हुनामी भैसकेको थियो ।

आफ्ना छोरा छोरीलाई एक बोर्डिंग स्कुलमा राखेर आफ्ना सन्तानको भावि जीवनको लागि उनी विदेश जान विवश थिइन् ।लोग्ने जुवा जाड र रण्डीरमितामा मस्त भए पछि हार मान्थी ऊ । कति सम्झाएकी हो । तीन तीन जना सन्तानको बाबु हुनुको कुनै दायित्व बोध थिएन उसलाई । लाचार थियो, लाग्दथ्यो ऊ कसैबाटपिडित थियो । आफनै जहानसँग ऊ टाढा हुदै थियो, आफ्नी जीवन संगिनीको प्रेम संसारबाट टाढिदै थियो उसका आँखाँ नरसाएका अनि होइनन् उसको चेतनाको बिरुवा कोही जनावरले चपाउदै थियो ।

समाजका बुर्जुक सम्झिन्थे आफूलाई, रत्न किशोर शर्मा, जो हेर्दा राम्रा देखिन्थें व्यवहारमा शकुनीमन्त्र थिए । उनले चाहे भने सारा गाउँ नै ध्वस्त पार्न सक्थे ।

उनको राजनीति बेग्लै थियो, सिद्दान्त अर्कै थियो, नैतिकता र बिबेकका कुरा माटोमा हराएका थिए । तैपनि उनको कुटिल जालमा सबैले डराई डराई हजुर हजुर भन्थे ।

कृष्णमाया राम्री, मिठो बोलिबचन थियो, समाजका हरेक सामाजिक काममा अग्रसर हुन्थी । एक जना भलाद्मी भनाउदोसँग उसको भनाभन भएदेखि उसलाई शनिले छोएको थियो। समय प्रतिकुल बन्दै गएको थियो ।

एक दिन ऊ बिरामी परी उसलाई बोलाउन कोही आएनन, आखिरी उसले सोची यो स्वार्थि समाजमा बस्नुको के तुक ? मसँग धन हुन्थ्यो भने दुनिया मेरा घरमा र्याल चुहाउदै आउथे, ठिक छ मैले अब केही गर्नुपर्छ भनी सोचेकी थिई ।

ऊ जिल्लामा पुगी । कागजात बनाइ । पासपोर्ट तयार भयो सारा कुरा मिलाई । भिसाको लागि सम्बन्धित स्थानमा अपिल गरी । नभन्दै उसले विदेशजाने अनुमती ।भिसाको कागज पाए पछि ऊ आफ्ना आफंतिलाई भेटी । अहिले गोहीका आशु चुहाउदै छिमेकीले भन्दै थिए । ऊ पनि के कम उस्तै नाटक गरी । अचानक उसको भेट आफ्नो परित्याग गरेको लोग्नेसँग भयो । आजभोलि ऊ अँझै बिरामी भएको अनुमान गरी रक्सी र जुवा छोडेछ । कता कता नारी मन पग्लिएर आएको अनुमान गरी ।

“सुदेशका बाबा, ल यो पैसा राख्नु आफ्नो औषधी गर्नु । फेरि कसैलाई पनि नभन्नु नि ।”

ऊ एकोहोरो कृष्ण मायालाई हेर्यो । ऊ बिहल देखिएको थियो । ऊ आफूलाई समाल्न सकेन । मेरो देवी भनेर घोप्टियो । ऊ आफूलाई समाल्दै बजारतिर लागी ।

रातभरि निद्रा थिएन । छोरा छोरी भोलिदेखि बोडिंगमा हुनेछन, आफू परदेश । कस्तो हुनेहो धेरै नारीका दुखद समाचार सुनेकी पनि थिई । आमाको अनुहारमा देखिएको कुरा छोराछोरीले बुझ्ने भैसकेका थिए ।

सुदेश १५ बर्षको, रोमी १३ बर्षकी र कान्छो छोरा संदेश ९ वर्षका थिए । राम्रा बानी व्यवहार थियो । एक आपसमा मिलेर बस्थें अनुशासित थिए । आफ्ना मुटुभन्दा प्यारा छोरा छोरीलाई छोडेर जानुको पीडा हरेक ममता बोकेका हरेक आमालाई हुन्छ नै ।

जीवनका आधिबेहरीसँग जुद्दै ऊ आफ्नो गन्तव्यमा पुगी । काम भनेको जस्तै मिल्यो । ऊ हरेक महिना आफ्ना छोरा छोरीलाई खुन पसिना गरेर जम्मा गरेको रकम आफ्नो दाइको खातामा पठाएकी हुन्थी । आमा हुन्जेल सबै ठिकै थियो आमा बितेपछि दाइले आफूले पठाएको रकम हिनामिना गरेको बुझी र आफै राख्न थाली । सिधै बाबु नानी पढ्ने बोडिंगमा सम्पर्क गरी सारा खर्च भुक्तानी पुग्ने गरी रकम पठाई दिई ।

ऊ अलिक हल्का भै आफूले खाइ नखाई पठाएको रकम आफंतिले हिनामिना गरेपछि कसलाई दुख लाग्दैन, ऊ माइतीघरलाई पनि भुल्न विवश भई ।

समय बित्दै गयो । नानी बाबु पनि ठुला भैसके आफ्नी आमाको अभावमा तड्पिएका हुन्थे । सबैका आफन्ती आमा बाबा आउदा आफ्ना नआउदा भारी दुख मानेका हुन्थें बुझकी थिए बुझाउथे एक अर्कोलाई आपसमा । संसार यसरी नै चल्दै थियो ।

आज धेरै समय पछि छोरा छोरीसँग फोनमा कुरा गरी । मनको बह पोखी मन हल्का भयो । अर्को साल आउने कुरा गरेपछि छोराछोरी पनि हर्षित हुदै बिदा भए ।

समय नारायणीको पानी झैँ बग्दै थियो । अर्को साल भनेकी थिइन् कुनै खवर नै आएन । छोराछोरी आत्तिन थाले । न पैसा आउछ न आमाको खवर आउछ । उनीहरू आफ्नो घर फर्के घर पुरानो भैसकेको थियो । आफ्नो जन्मदातालाई पनि आफ्नो सन्तानको याद हुदो रहेछ भन्ने कुरा यो घटनाले साबित गर्यो । ऊ आफ्ना छोरा छोरीलाई आफ्नो घरमै ल्यायो । भएको जायजेथा बैकमा राखी उनीहरूको पढाइ सुचारु राख्यो । बल्ल आफ्नो बाबा प्रति दोहोरो मायाको पुल बन्दै गयो । मामाघर अनि जान छोडेका थिए । किनकि आमाले पठाएको पैसा मामाले दिएका थिएनन । आफ्नो आमाले करिब एक लाख असि हज्जार रकम मामाबाट पाउनु थियो तर दिएका थिएनन । माइजूले एक दिन आफ्ना भान्जा भान्जीलाई भेट्न उनीहरूको घर पुग्छिन । उनलाई आत्माग्लानी हुन्छ । आफ्ना छोडेका छोरा छोरीलाई ल्याएर आफ्नो कर्तब्य पुरा गरेको देखि भोलि हामीले के जवाफ दिने उनीहरूकी आमालाई । भएन अब जे जसरी हुन्छ पैसा फिर्ता नगरेसम्म म पनि घर जान्न ल जा । माइजूको यो कुराले मामाको सारा कारोबार नै उथल पुथल भयो ।

“नानी हो म पापी हुँ । मेरै कारणले तिमीहरूले आमा गुमायौ । आज तिम्री आमाको के हाल भएको होला । जाने बेलामा पनि मलाई माया गरेर उपचार गर भनेर ३ हजार रुपिया छोडेर गएकी हुन् उनी देवी हुन् म दानव हुँ । आज तिमीहरूलाई साथमा पाए देखि पुन्य र आत्मा शान्ति मिलेको छ । कर्तब्य पनि जागेको छ । कत्ति दुख्ख नमान म तिम्रो लागि आफ्नो ज्यान बाजी राखेर पनि तिम्रो चाहना पुरा गर्ने छु ।”

आज कृष्ण माया विदेशमा गएको पनि ७ बर्ष पुगेछ । छोरा छोरी कलेज पढ्न थाले, हजुर आमाको धुकधुकी ।

आफ्नी बुहारी कृष्णमायाको आगमनलाई कुरेको अनुमान हुन्थ्यो ।

आज घरमा बिशेष चहल पहल छ । ८ बर्ष पछि आफ्नी हराएकी आमाको मिलन भएको छ । खुसीको एक खवर यो पनि छ आज विवाह हुदैछ कृष्ण माया र नरदेवको । आफ्ना सन्तानको यो खुशीको अगाडि कृष्णमाया भावुक भई आफ्नो लोग्नेलाई हजार हजार सम्झी । मेरो अभावमा गरेको सन्तानको माया सारा स्वार्थि संसारलाई शिक्षा मिलेको बताई आफू केकसरी भूमिगत हुनुपरेको कुरा नेपालीले अर्को नेपालीलाई गरेका सारा कुरा बताई ऊ रुदै सुनाएकी थिई ।

आफ्नी आमाका यी कुरा सुनेपछि आफ्नो डायरीमा लेखेका थिए, “नेपाली हो आफ्नो कर्तब्य कदापि नभुल । यदि तिमीले भुलेको भए हामीले हाम्री ममतामयीलाई भेट्ने थिएनौं ।”

इन्द्रेणी शर्मा “जलद”
प्रगतिनगर नवलपरासी लुम्बिनी नेपाल
हाल लिस्बोन पोर्तुगल

दिनांक २९ अप्रिल २०१३,
लिस्बोन सान्तोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *