मानिस जन्मनु र मर्नु र नियति नै हो । जन्मेको मानिस एकदिन यस संसारलाई छोडेर सदाको लागि विलय हुनु यस ब्रम्हाण्डको रित हो । यसको खिलाफ कोही पनि जान सक्दैन र भविष्यमा पनि जाने छैन । यदि कोही गइहाल्यो भने त्यो मानिस नभई ईश्वर हुनेछ ।
जन्मेर मर्ने मानिसहरू र मरेर पनि बाँच्ने मानिसहरूमा यदि केही भिन्नता छ भने त्यो हो उसले बाँचेको जीवन । कोही मानिस मरेर पनि बाँच्दो रहेछ, यो सत्य हो । मेरा पिता मरेर पनि बाँच्नु भएको छ, उहाँका आफन्त, साथी भाइ र आफन्तको आँखामा । प्राय: सबै मानिसका सम्झने मानिसहरू हुन्छन्, त्यसैको आधारमा केही समयसम्म मृत्युपर्यन्त अमर रहन्छन् सम्झनामा ।
“सिकलिसको एउटा केटो” जसको बारेमा यो शीर्षकको पुस्तक छापियो एउटा जीवनीको रुपमा ऊ पनि जीवित भयो मृत्यु पश्चात । उनलाई मजस्ता भीडभाडबाट टाढै रहने मानिसले हम्मेसी चिन्दैनथ्यौँ यदि मञ्जुश्री थापा नभइदिएको भए । हुन त चन्द्रबहादुर गुरुङलाई नचिन्ने नेपाली विरलै होलान् तर मैले उनको नाम सुन्ने बाहेक उनलाई चिन्न सकेको थिइनँ ।
मञ्जुश्री थापा एउटी यस्ती लेखक हुन् जसले नेपाललाई विश्वमा चिनाउन अँग्रेजी लेखनीको सहारा लिइन् । उनका लेखले नेपाल भन्ने देश पनि हुन्छ र ? भन्ने कतियप मानिसहरूलाई उनीहरूकै भाषाको माध्यमबाट धावा बोलिन् । उनको लेख्यशिल्पले चन्द्रबहादुरलाई धेरै अमर बनायो ।
हुन त चन्द्रबहादुर गुरुङको जीवनीमा उनी जताततै छाउँछिन् । उनी बेलाबेला झुल्किछिन् र अस्ताउँछिन् यस जीवनीमा बादल लागेको आकाशमा देखा पर्दै र लुक्दै गर्ने सूर्य झैँ । उनको लेखनशैली जीवनीलाई पनि काल्पनिक र जादुयी लेख जस्तै बनाएको छ । चन्द्रबहादुर र मञ्जुश्री दुवैलाई राम्ररी चिनाएको छ यसले ।
नेपालको छोटो इतिहास, भौगौलिक बनावट आदिको बारेमा छोटो चिनारी पनि यसले दिएको छ । छिनछिनमा भावुक बनाउने र हँसाउने क्षमता राख्छ यो जीवनीले । चन्द्रबहादुर र मञ्जुश्री दुवै अमर रहून् !
www.lilwalee.wordpress.com
