बिना प्रकाशको नै बल्छन, गलत भैरा’छ नि
अगुणस्तर नै बढी चल्छन, गलत भैरा’छ नि
बाँदर विकास हामी बाँदरमा जाति स्तर कहाँ
रुखमा जोडीसँगै फल्छन, गलत भैरा’छ नि
हेरेर बिरामी हुन्छ, बच्चा त झन मरिहाल्छ
बेसहारा बजै जिउदै जल्छन, गलत भैरा’छ नि
घुस लिनेभन्दा दिने अपराधी सुनेको त हो
नदिने धाउदा धाउदै गल्छन, गलत भैरा’छ नि
सुनुवाई भएन उजुरी उल्टा बरु दोसी पिढित
बल र पैसामै कानून चल्छन, गलत भैरा’छ नि
ढाल र माथि चढाउने सिढी हुनु हो चोरहरूको
देशप्रेमी लड्दालड्दै ढल्छन, गलत भैरा’छ नि
First published : 2013-05-01 06:44:43 +0900
