अचेल त साना पनि, ठुला हुन थालेछन्
भुईँबाट नउँम्रदै, संसार छुन थालेछन्
घर–घर भित्र गई विद्रोहको ज्वाला दन्काई
अँजुलीले पानी अचाई, पाप धुन थालेछन्
गजलकारले अलि धेरै सुनायो कि कसो
मलिन मुहार पार्दै, कवि रुन थालेछन्
कूकृत्यको सीमा नाघी धर्मको त्यो नाममा
इज्जत बेची डलरको, फोको फुन थालेछन् …….दर्पण
