जार्नै पर्छ एक दिन छोरी माईतलाई छोडेर
राखी मुटुमा ढुगा चाल्नु छ पाईला आसु है लिएर
छोरीको कर्म पीडा र मर्म जादैन धोएर
फेरिन्न यहाँ समाजको रीत तिमीले रोएर
खेलेको ठाउ, आमाको आँगन तिमीले छाडनु छ
पराईको घर आफनो भनी तिमीले लिनु छ
सिउदोमा सिन्दुर लाउदैमा तिमी उनकै भनिएछौ
समाजको रीत यस्तै भन्छ रोएर के गर्छौ ?
जन्मभूमि साथी र संगी समझनु दशै र तिहार
आपत बिपत कहिले परे माईतलाई गुहार
जाऊ छोरी आशिष छ मितिलाई यो आमाको
लाज वचाउनु सदैव तिमीले यो माईत नामको
आसुको दहमा डुवेर आज गदर्छु शुभकामना
अन्जान ठाउमा खुशीले छायोस, छ ईश्वरसँग कामना
फुलेर सुभाष छरेर देखाओस त्यो अन्जान गाउमा
प्रेमको निशान छोडेर आउ माईतको नाममा
