मनकामना माताको दर्शन गर्न जानेहरूको एउटा ठूलै हुल उक्लिरहेको थियो । एउटा ठिटो भरियाले भारीको सट्टामा एउटा दर्शनार्थी महिलालाई डोकोमा बोकेर उकालो लाग्यो । भरियाहरूको नियमित गति सँगसँगै उक्लिरहेको दर्शनार्थीहरूको हूलमा हाँसो र ठट्टा चलिरहेको थियो । मनकामनाको मन्दिर अगाडि एउटा होटलसामु पुगेर सबै अडिए । साँझको खाना खाइसकेपछि गर्भवती महिलाका श्रीमानले भरियालाई ज्याला दिँदै भने, “लौ भाइ तिम्रो ज्यालासँगै सय रूपियाँ बढी दिएको छु । तिमीलाई इनाम भो ।”
“होइन साउ, मलाई मेरो ज्यालामात्रै भए पुग्छ ।” तन्नेरी भरियाले टोपी फुकालेर निधारको पसिना पुछ्दै भन्यो ।
“किन, मैले आफ्नो खुशीले दिएको हुँ । राख, बरु भोलि चै माताको दर्शन गर्ने बित्तिकै फर्कनु पर्छ है, नत्र घाम चर्को हुन्छ ।”
“मलाई मेरो ज्याला मात्र भए पुग्छ । इनाम मलाई चाहिन्न । इनाम नै लिने भए किन रगत
