Skip to content

म्यागडोल अनि भर्जिनमा खोजें

  • by
BikharchiRam


म्यागडोल अनि भर्जिनमा खोजें
रेडलेबल भोड्का, जिनमा खोजें

गाँजामा तिमी भाँग रक्सीमा तिमी
लठ्ठिदै सारा लाज घिनमा खोजें

पूर्व र पश्चिम खै भेटिन तिम्लाई
लासा र भोट अनि चीनमा खोजें

स्वर्ग तिमी खोइ कसरी पुग्थ्यौ र
नर्कको यो सारा जमिनमा खोजें

जुनकिरी जस्तै पिलपिल हुन्थ्यौ
अँधेरी रात अनि दिनमा खोजें

सिरकको पत्र र सिरानी खोलमा
हजार बार छिन छिनमा खोजें

डाडा र भाटा छानाको खरमा
कहाँ छौ भन्दै दलिनमा खोजें

(हास्यव्यंगात्मक गजल )

“बिखर्ची राम”
बघौडा, ८, ब्रहमपुरी, माडी,
चितवन, नारायणी, नेपाल
हाल: यु, ए, ई, दुबई

Leave a Reply

Your email address will not be published. Required fields are marked *