Skip to content

उनी आउँछे, प्रेमको माला लिएर आउछे


ऊ आउछे, मेरो ह्दयसँग मित लगाउन आउछे
आँखाभरि खुशीको बहार लिई ह्दयलाई जोडन आउछे
अब केही दिनमै ऊ मलाई अँगालोमा बाध्न आउछे
हो आउछे ऊ मसँग माया पिरती गासन आउछे

ऊ मेरा ह्दयकी रानी हुन आउछे
दुख र शुखमा पल पलमा साथ दिन आउछे
ऊ मेरो लागि प्रेमको उपहार लिएर आउछे
ओठ भरि मधुर मुस्कान लिएर आउछे

ऊ अप्सरा झै रुपमा सजिएर आउछे
मृग नयनी झै सुभास छर्दै आउछे
ऊ मेरो ह्दयमा राज गर्न आउछे
सिन्दुर माग्न सिउदो सजाएर आउछे

उनको अनुहारमा प्रकाश भरिएको हुन्छ
उनको ओटमा मुस्कानको मधुर्यता रहेको हुन्छ
ऊ सपनालाई पुरा गर्न साहस वोकेको हुन्छ
मेरो हातमा हात दिन एकलो भएर आउछ

ऊ मेरो प्रेम कथालाई पुरा गर्न आउछे
मनको प्यास मेटाउन आउछे
ऊ संसारको खुशि लिएर आउछे
ऊ केही दिन पछि मेरो ह्दयको आंगनमा फुल्न आउछे

कथा र कविताको सार बनेर आउछे
प्रगतिको वहार वनेर आउछे
सफलताको सुत्रधार बनेर आउछे
ऊ मेरो जीवनको नव संस्कार दिन आउछे

ऊ आगो भएर आउछे
मेरो ह्दयको विकृति जलाउन आउछे
ऊ मेरो कुविचारलाई पुछन आउछे
ऊ मेरो सम्भावनालाई साकार बनाउन आउछे

आउछ ऊ छिटै आउछे प्रेमको माला लिएर आउछे
म एक्लो भएको बेला प्रियतमको साइनो जोडन आउछे
ऊ मेरो जीवनमा परिवर्तनको गीत वन्न आउछे
सार्थक जीवनको अनौठो पात्र वनेर आउछे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *