Skip to content

चिसो चुलो जलेको भा


यति टाढा किन आउथे चिसो चुलो जलेको भा
चौकिदारी गर्दिन थे खान पुग्ने फलेको भा

बाँचुन्जेल खानु न हो मर्दा लानु के नै थ्यो र
आँटो पिठो सबै खान्थे खान्थे ढुङ्गो गलेको भा

जसो तसो बामे सर्छु साहित्यको मझेरीमा
तिम्रो जस्तै गजल बेच्थे मेरो पनि चलेको भा

कसरी पो बुझ्छौ तिमी स्वाभीमान भन्ने कुरा
थाहा हुन्थ्यो तिमीलाई तिम्रो शिर ढलेको भा

मसाल बोकी आए कोही जातित्वको नारा फुक्दै
पक्कै हात सेक्थे होला मेरो झुप्रो बलेको भा

जीतु खड्का गाउले
मोरंग उर्लाबारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *