अतित्तका तिता मिठा, बात लाँदैछु ।
परेलीमै बोकी आँसु, घात लाँदैछु ।
हरियाली जीवन उजाडियो छिनमै
संसार भो अँध्यारो चहकिलो दिनमै
पायौ दिन उपहार रात लादैछु
परेलीमै बोकी आँसु, घात लादैछु ।
खुसी हुनु जाती हुनु बुझ्नु सबको मर्म
कात्रो बेरी जाँदैछु यस्तै रैछ कर्म
सँगसँगै अछुतको जात लादैछु
परेलीमै बोकी आँसु, धात लादैछु ।
अतित्तका तिता मिठा, बात लादैछु ।
परेलीमै बोकी आँसु, धात लादैछु ।।……..दर्पण
