Skip to content

क्षितिज साँघुरिए जस्तो छ


आकाश केही बदलिए बदलिए जस्तो छ
कालो बादल मडारिदै मडारिंदै उड्दै छ
पूर्वको छठा उदयमा पनि अँध्यारो अँध्यारो जस्तो छ
आकाश केही बदलिए बदलिए जस्तो छ

चर्को घाममा पनि कता कता तुवाँलो पसे जस्तो छ
उष्णताको प्रकोप बढ्ला बढ्ला जस्तो भएको छ
आकाश केही बदलिए बदलिए जस्तो छ

घामको ओरालो बिरसिलो भए भए जस्तो छ
गोधुलिनै न आई साँझ परे जस्तो छ
आकाश केही बदलिए बदलिए जस्तो छ

पूर्ण चन्द्रको रात पनि कता कता कालो छ
निश्पट अन्धकार औंशीको चाल छ
आकाश केही बदलिए बदलिए जस्तो छ

हो यसै भन्छन सबै जना आकाश बदलिए बदलिए जस्तो छ
कतै कतै त्यो क्षितिज साँघुरिए जस्तो छ
धेरै माथिसम्म समुद्रको छाल उठे जस्तो छ
आकाश केही बदलिए बदलिए जस्तो छ
बिरसिलो अनि केही निरस भए जस्तो छ
हो आकाश केही बदलिए बदलिए जस्तो छ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *