Skip to content

बन्द र हडताल नगर्ने सक्लप लिएर आऊ


कोही बन्द नगर्नेहरू पनि आऊ
विचार विमर्स गरेर निकास निकालनेहरू पनि आऊ
अति भो अब यो देश नेपालमा
नेता र कार्यकर्तामा स्वचेतनको विवेक जगाऊ

बन्द र हडतालले रोएको नेपाली भूमि
शान्ति वाटो खेजिरहेको छ
कोही सच्चा नेपाली पुत्रलाई आउछ कि
भन्दै सदैव वाटो कुरिरहेछ

आउलान भन्ने आशहरू निराशमा बदल्न
बन्द हडतालको तालिका आउछन
सडक जाम गर्न रुख काटेर राखनछन
कोही त आऊ जो नेपालीको कलह मिलाउछन

सगरमाथाको उच्च रहने भाव कोही परेन्न
कोही नेपालीमा पशुपति नाथको कृपा आएन्न
देश पटक पटक निरिह बनेर तडपिन्छ
तर सहयोगीहातहरू लोभ र लालचमै भडकिन्छ

आऊ आऊ हे सगरमाथाका सच्चा नेपालीहरू
सगरमाथाको उच्च विचार झै आऊ
नेपाल बन्द र हडताल नगर्ने सक्लप लिएर आऊ
नेता र कार्यकर्ताहरूको अवचेतनालाई फर्काउन आऊ

एकले बन्द गरे अर्काले बन्द गर्ने बानी परेको छ
अब बन्द रहित मुलुक बनाउन कलम चलाऊ
झल्किदैन देश भक्ति बन्द र हडताल गरेर
देश भक्ति भाव खोज्न हृदय र हात मिलाएर आऊ

आऊ आऊ कोही त आऊ सृजनाको फुलाउन आऊ
आफनै भूमि र सम्पदालाई जोगाउन हात लिएर आऊ
तिमी पृष्टभूमि बन्द र हडतालको रापमा पिराल्दिैछ
जनक र बुद्धको उपदेशका भाव वोकेर आऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *