शायद बर्षौ पछि आज उसको मुहारमा हासोको रेखाहरू कोरिएको छ । मानौ ऊ हर्षको सम्राट भएको छ । सम्हालिन नसकेर के गरौ, कसो गरौ अनि के भनौ भन्ने सोचमा छ । गदगद भएको छ । अब ऊ चाहन्छ कुनै त्यस्तो भाइरस नपसोस जसले विगतमा सताएको थियो । त्यसमा आफू पनि दोषी पाउछ कतै न कतै चुक्या रैछु भन्छ ।
लामो सास फेर्छ र यता उता गर्दा गर्दै बस्छ, उठछ विस्तारामा पल्टन्छ । आँखा बन्द गर्छ अनि सुस्तरी नयनको पर्दा उठाउदै भन्छ, “म व्यर्थ रोगी भएछु ।”
मैले उसको कुराको सार बुझिन । मौन रहे जवाफ नपाएपछि “के सोचेकी ?” भन्ने प्रश्न गर्छ । मैले भने यी कुराहरूको सार बुझ्न खोज्दैछु ।
“लाटी यति कुरा नि नबुझेकी तिमी मेरो जीवनमा आयौ र म प्रफुल्ल छु । केही गरौ जीवनमा रंग भरौ लागेको छ । तृष्णा जागेको छ र प्रार्थना गर्छु मृगतृष्णा नबनोस बस् ।”
२०६९-११-५
