Skip to content

तिम्रो रापमा आफुले अचेल जलाउँदैछु आफुलाई


तिम्रो रापमा आफूले अचेल जलाउँदैछु आफूलाई
तिमीले फ्याकेका कुरालेनै काम चलाउँदैछु आफूलाई

यतीसम्म पनि थियो तिम्रो गल्तीमा सजाय म भोग्थेँ
सजाय बाँकी सम्झी अँझै पनि दलाउँदैछु आफूलाई

सम्झेउ कि भुल्यौ? तिम्रो लागि थाहा छ! चोरीसम्म गरेँ मैले
त्यही भएर त चोर भनी तिम्रो समाजमा कहलाउँदैछु आफूलाई

तिम्रो लागि के–के गरेँ! देखिनौ त्यही विस्मत लाग्यो
अचेल त्यही विस्मतमा हरदिन गलाउँदैछु आफूलाई

साथको बदलामा घात पाउनु सायद मेरो भाग्यको लेखनी त्यस्तै
साथ र घातका बिचमा उठेका लातहरूबाट छलाउँदैछु आफूलाई

तिम्रो रापमा आफूले अचेल जलाउँदैछु आफूलाई
तिमीले फ्याकेका कुरालेनै काम चलाउँदैछु आफूलाई

पुस्कल पौडेल (–––प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *