Skip to content


आमा !
तिम्रो त्यो काख मेरो स्वर्ग त्यै हो
तिमी मेरो मन्दिर म तिम्रो वरदान
तिमी नै देवी हौ तिमी आश मेरो
जीवन अमृत संजीवनी जीवनको
रगत सिंचेर यो शरीर कुँदेर
अमृत पिलाई यो काया बनायौ
आमा !
तिमी स्वर्ग मेरो तिमी देवी मेरो
पूजा त्यो मन्दिरको सदा गर्न पाउँ
अश्रु ती नयनमा कहिल्यै नबगुन
यदि बगेमा सदा पुछ्न पाउँ
आमा !
तिमी देव मन्दिर स्वर्ग नै तिमी हौ
मन्दिर मस्जिद त्यो गुम्बा तिमी हौ
गिर्जाघर भित्र तिमीनै तिमी छौ
त्यो फूलपाती अनि अक्षेता तिमी हौ
यी हातहरूले सदा पुज्न पाउँ
त्यो आरती त्यो बाती तिमी नै तिमी हौ
के स्वर्ग के देव सबै तिमी हौ
तिमी नै त्यो मन्दिर स्वर्ग नै तिमी हौ !

मातातिर्थ औंशी – २०७० (2013 USA )

First published : 2013-05-17 14:36:06 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *