आऊ केही पल मसँग बिताएर हेर
मनको गाँठोहरू मसँग फुकाएर हेर !
जिन्दगी त घाउहरूको संग्रह नै हो
एउटा घाउ आज मसँग दुखाएर हेर !
कहिले चोट कहिले सपना लुकाईयो
आँखाका आँसुहरू मसँग लुकाएर हेर !
एक्लै यात्री सबै आफ्नो गन्तव्यको
कम से कम बाटो मसँग मिलाएर हेर !
भाग्यको स्वेछाचारी खेलका गोटी हामी
फाटेको जीवन मसँग सिलाएर हेर !
भेट्नु र छुट्नु त भावीको रित नै हो
केहीपल आज तिमी मसँग बिलाएर हेर !
www.binodmaharjan.blogspot.com
