Skip to content

घाउ छन कति-कति

एक्लो म आसामीका साउ छन कति-कति
जबर्जस्ती असुल्ने दाउ छन कति-कति

तिनकै लागि छाती आफ़्नो ओछ्याएर हो कि
मेरै जिउमा बजारिने पाउ छन कति-कति

चोक, चउर बोलाएर मनपरि मोल गर्छन
बजारीय बस्तु भएँ भाउ छन कति-कति

वारी हुन्छन् बिचल्लीमा तारिदिन्छु खुरुखुरु
डुँगा तिनका मै यौटा नाउ छन कति-कति

चिमोटेर जान्छन कोही, चिथोरेर जान्छन
यतै चोट उतै चोट घाउ छन कति-कति

Leave a Reply

Your email address will not be published. Required fields are marked *