नेपाली भै जन्मे नेपाली भै मर्न पाइन्छ कि पाइदैन ?
साँघुरिदैछ हाम्रो सिमा नेपाली हावामा सास फेर्न पाइन्छ कि पाइदैन ?
बर्खायाममा नदीका भेल हामीतिरै फर्काइनछ
सिमानामा हाम्रा दाजुभाइलाई दिउसै तर्साइन्छ
एउटा छिमेकीको आँखा सगरमाथा अर्कोको बुद्धमाथि छ रे
तिबती र भुटानीको जन थोपर्दै हामीमाथि छ रे
चार भन्ज्यांगभित्र मात्र पक्कै नेपाल हैन
छामेर हेर आफ्नो मुटु त्यहाँ नेपाल छ कि छैन
हिमाल पहाड टरेको कित्ता छुट्याईदैछ रे
बाहुन छेत्री नेवार भनि रास्ट्रियता बुच्याईदैछ रे
धर्म संस्कृति र इतिहासमाथि खेलवाड सुरु भैसक्यो
नेपाल हाँक्छु भन्ने सारथी छिमेकि नागरिक भैसक्यो
पुर्बेलिलाई दुख्दा आज पस्चिमेलिलाई फरक पर्दैन रे
तराइमा एउटा पहाडे लड्दा कसैले नि सहयोग गर्दैन रे
जंगी पिल्लर रातारात हामीतिरै सारिन्छन
हाम्रो भाषा बोल्नेहरु दिनदहाडै मारिन्छन
देशलाई बचाऊछु भन्नेले क्रान्तिकारी छलांग मारिसक्यो
नेपालीलाई नेपालभित्र नै कस्तो अलमल पारिसक्यो .
