जननी नारीलाई सम्झनछ जुत्ता
सोच्छन उनीमा छैन बल बुत्ता
काम बिगार्छ अरु दोषी ठहर्छे नारी
धान खाने मुसा चोट पाउने भ्यागुता ।
यथार्थ कुरा गर्दा तीर भएछ
स्पष्टिकरण दिदा पीर भएछ
दुःख पाएर मेरो आँशु झर्दा
त्यो निस्ठुरीलाई खीर भएछ ।
मैले जुन रोजे घाम रहेछ
प्रियको चिट्ठी सम्झे खाली खाम रहेछ
र्तिखाएर पानी पिउन खोजे
अप्सोच त्यो त जाम रहेछ ।
सिनोलाई गिद्धहरू लुच्दछन
जिज्ञासुहरू नजानेका कुरा बुझ्दछन
मान्छेमा जस्तो स्वार्थ मूर्तिमा हुदैन
त्यसैले मान्छेहरू मूर्तिलाई पुज्दछन ।
पुरातनवादी कुरा मास्नु र्पछ
एकताको माला गास्नु पर्छ
भन्नेले भन्दै गर्छ मुख थुन्न सकिन्न
भालेको अपवादमा पोथी बास्नु पर्छ ।

मुक्तक राम्रो रहेछ व्यंग्य
मुक्तक राम्रो रहेछ व्यंग्य तेस्तै सार्थक तर तेस्रो पंक्तिले भाब अन्तै मोडे झैँ लाग्छ